श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ६ गते सोमबार, १९ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको सप्तमी तिथि ००ः२२ बजेसम्म, उप्रान्त अष्टमी, नक्षत्र पुनर्वसु ७ः१० बजेसम्म, उप्रान्त पुष्य, चन्द्रमाराशि मेष, सूर्योदय ५ः३५ र सूर्यास्त ६ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सरसापटमा धन बाहिरिन सक्छ। श्रमको राम्रै मूल्याङ्कन भए पनि प्रतिफल तत्कालै प्राप्त नहुन सक्छ । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्रजनबाट सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वैदेशिक यात्राको योग बनेको छ । कृषि व्यवसायबाट प्रशस्त लाभ मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

राजनैतिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । सोचेअनुरूप काम बन्नाले मन प्रसन्न रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रसँग रमाइलो भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

प्रेमसम्बनधमा सफलता मिल्नेछ । हराएको वस्तु प्राप्त हुनसक्छ । मन प्रसन्न होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । इष्टमित्रहरूको सहयोग प्राप्त होला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

लामो दूरीको यात्रा हुनेछ । पारिवारिक मेलमिलापले मिष्ठान्न भोजन प्राप्त होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रेमसम्बन्धमा समस्या आउनेछ । वैदेशिक योत्राको योग रहेको छ । मिष्ठान्न भोजन प्राप्त होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्रा सफल हुनेछ । पढाइमा प्रगति हुने देखिन्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ । समय मध्यम् रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

प्रयत्न गर्दा व्यापार बढ्नुका साथै व्यवसायबाट लाभ हुनेछ । प्रेमको बन्धन कसिलो हुनेछ ।