उर्लाबारी ।  उर्लाबारी–मधुमल्ला सडक खण्ड संघर्ष समितिले नेपाल सरकारका सरोकारवाला निकायलाई सडक मर्मतको लागि अनुरोध गरेको छ । सरोकारवालको ध्यान नपुगेसम्म अनिश्चित अवधीको लागि उक्त सडक खण्ड अवरुद्ध गरेका छन ।

आईतबार उक्त सडक खण्डको उर्लाबारीको डिबी मार्ग स्थित सडकमै पत्रकार संम्मेलनको आयोजना गरी सडक कालोपत्र भएको एक बर्ष नपुग्दै बिग्रिएर संभावित दुर्घटना हुने  देखि हिउदमा धुलाम्मे र बर्षाको समयमा पानी जमेर हिड्न कठिन भएकोले मर्मत संमार एवं निर्माणको लागि अन्तिम निर्णायक आन्दोलन गर्नुपरेको बताएका छन ।

संघर्ष समितिका संयोजक भक्तिप्रसाद पोख्रेलको अध्यक्षतामा भएको उक्त संम्मेलमा बितरण गरीएको प्रेस बिज्ञप्तीमा एक बर्ष अघि देखि सडकको मर्मत तथा स्तरोन्नतीको लागि पहल गर्दा सुनवाई नभएकोले २०७८ साल बैशाख ३ गते शुक्रबार देखि उक्त सडक खण्ड अवरुद्ध गरी सवारी साधन संचालनमा रोक गरीएको समितिका सचिव गजेन्द्र दंगालले बताएका  छन । 

समितिले मुख्य मंन्त्रीको कार्यालय, डिभीजन सडक कार्यालय बिराटनगर,उर्लाबारी नगरपालिका, वडा नं. ५ र ६, मिक्लाजुङ पालिका, ईलाका प्रशासन कार्यालय, ईलाका प्रहरी कार्यालय सहितलाई सडक अवरुबद्ध गरीएको समितिको तर्फबाट ढुुण्डुराज भट्टराईले बताएका छन ।

पत्रकार संम्मेलनमा उर्लाबारी नगरपालिकाका वडा नं.५ र ६ का वडाध्यक्षद्धय क्रमश : भानुभक्त शर्मा पराजुली र चिन्तामणी पौडे्ल, नेकपा एमाले उर्लाबारीका अध्यक्ष उमाकान्त गौतम, नेपाली कांग्रेस र नेकपा एमालेका नेताद्धय ललित अधिकारी र मानबहादुर श्रेष्ठ सहितका वक्ताहरुले सडक निर्माणका नेपाल सरकारको ध्यान जान आवश्यक भएको बताउँदै संघर्षका समर्थन जनाएका छन ।