बिर्तामोड । झापाको दुई छुट्टा–छुट्टै स्थानमा आईतबार बिहान भएको आगलागीमा १ करोड बढी मुल्यको धनमाल जलेर नष्ट भएको छ ।
बुद्धशान्ति गाउँपालिका ४ देवीबस्तीको बाख्रा फार्ममा भएको आगलागीमा परी ४० वटा बोयर जातका बाख्रा जलेका छन् । आगलागी के कारणले भएको हो भन्ने थाहा हुन नसकेको फर्मका सञ्चालक ज्योति विमलीले बताए ।
अर्धपक्की संरचना भएको फर्मका साथै बाख्रालाई खुवाउने दाना पूर्णरुपमा जलेर नष्ट हुँदा पैसठ्ठी लाख बराबरको क्षति भएको जनाइएको छ ।
यसैगरी भद्रपुरमा एक फर्निचर उद्योगमा आगलागी हुँदा ५० लाख बराबरको क्षति भएको हो । बिहान ३ बजे भद्रपुर ७ मा यादवराज पोख्रेलले संचालन गरेको एपी फर्निचर उद्योगमा अचानक परेको चट्याङबाट बिद्युत सर्ट भई आगलागी भएको हो ।
आगलागीबाट तयारी फर्निचर, फर्निचर बनाउन प्रयोग हुने काठ गरी पचास लाख मूल्य बराबरको क्षति भएको छ । सो आगलागी नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय , भद्रपुर र बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।