विराटनगर । शनिबारदेखि हराएका विराटनगर  ८ का ७ वर्षिय बालक उल्लब बस्नेत मृत अवस्थामा खोलामा भेटिएका छन् । आज विहान  विराटनगर–८ बलुवाईस्थित खोलामा डुबेको अवस्थामा बालकको शव  फेला परेको हो ।

शनिबारदेखि खोजविन भइरहेको बालक पानीमा डुबेको अवस्थामा शव भेटिएको मोरङ प्रहरीका प्रवक्ता डिएपी मानबहादुर राईले जानकारी दिए ।

‘माछा मार्ने क्रममा हराएको भनिएको बालकको खोलामा शव भेटिएको छ,’ डिएपी राईले भने, ‘घटना मुचुल्का उठाएर शव पोस्माटम गरिन कोशी अस्पताल पठाएको छ ।’ पोस्माटम रिपोट आएपछि थप विषय खुल्ने उनले बताए ।

बालक हराएको भन्दै विराटनगरमा शनिबार राती भएको विराट गोल्डकपको फाइनलमा बारम्बार उनको खोजीका लागि सूचना सम्प्रेषण पनि गरिएको थियो ।