ब्लाष्टखबर  । अमेरीकी उपराष्ट्रपति कमल ह्यारिसकाे ज्यान मार्ने धम्की आएकाे छ । अमेरिकी गुप्तचर सेवाका अनुसार निभियान पेटिट फेल्प्स नामकी ३९ वर्षीय एक नर्सले उपराष्ट्रपति  ह्यारिसलाई मार्ने धम्की दिएकी थिइन् ।

ह्यारिसकाे ज्यान मार्ने धम्की आएसंगै त्यहाँकाे प्रहरीले ती नर्सलाई पक्राउ गरेकाे छ । फ्लाेरिडाबाट  पक्राउ परेकी ती नर्स ज्यक्सन हेल्थ सिस्टमसंग सम्वन्धित रहकाे बताइएकाे छ । 

उपराष्ट्रपतिसंग जाेडिएकाे हुनाेले उक्त घटनाकाे जाँचका लागी गुप्ताचार संस्थालाई दिइएकाे छ।  गुप्ताचार संस्थाका अनुसार प्रहरी हिरासतमा रहकेका उनका श्रीमानलाई पठाइएकाे भिडियाे सन्देसमा उनले राष्ट्रपती जाे वाइडेन र उपराष्ट्रपती ह्यारिसलाई अभद्र रूपमा गालीगलाैच गरेकाे विजनेस इनसाइडरले जनाएकाे छ । 

ह्यारीस उपराष्ट्रपती भएकाे  घृणा व्यक्त गर्दै पक्राउ परेकी ती महिलाले भिडियाेमा ५० दिन भित्र गाेली प्रहार गरी हत्या गर्ने बताउँदै,  शपथग्रहणकाे समयमा  ह्यारीसले बाइबलकाे सट्मामा आफ्नाे क्लच पर्समा हात राखेकाे प्रति विराध पूर्णा अभिव्यक्ती दिएइकी छिन् ।