धरानका ५५ वर्षीय एक व्यक्ति भारतीय नोटसहित विराट नगरबाट पक्राउ परेका छन् । 

मोरङ विराटनगर १७ मटेरुवाबाट सुनसरी धरान ८ का ५५ वर्षीय नौसाद मियालाई भारतीय नोट सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार बेलुका ५ बजे प्रहरीले चेकजाँच गर्दा उनको साथबाट भारतीय नोट ५०० का दरका २०६ थान नियन्त्रणमा बरामद् गरिएको हो । 

जम्मा १ लाख ३ हजारसहित पक्राउ परेका विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।