झापाको बुद्धशान्ति गाउँपालिका ४ देवी बस्तीमा रहेको बाख्रा फर्ममा आगलागी हुँदा ४० वटा बाख्रा जलेर मरेका छन् ।
स्थानीय ज्योति विमलीको बाख्रा फर्ममा आगोलागी हुँदा ४० वटा बाख्रा जली मरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
गत राती साढे १२ बजे लागेको आगोले विमलीको इँटा, काठ र टिनको छानो भएको एक तले बाख्रा फर्म, फर्ममा रहेका ४० वटा बाख्रा, बाख्रालाई खुवाउने दाना जली नष्ट हुँदा अन्दाजी ६५ लाख बराबरको क्षति भएको छ ।
उक्त आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा बिहान पौने ३ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेको प्रहरीको भनाइ छ ।