विराटनगरस्थित हुलास चोकबाट लागूऔषधसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
शनिबार बेलुका सवा ४ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरिएको हो । पक्राउ पर्नेमा सुनसरी दुहबी नगरपालिका २ का २४ वर्षीय रहिम मिया रहेका छन् ।
लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध नाइट्राभेट ट्याब्लेट –१५० चक्कीसहित पक्राउ गरेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।