श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ५ गते आइतबार, १८ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको षष्ठी तिथि २२ः५४ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र आद्र्रा ५ः१९ बजेसम्म, उप्रान्त पुनर्वशु, चन्द्रमाराशि मेष, सूर्योदय ५ः३६ र सूर्यास्त ६ः३० बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज खर्चको मात्रा बढ्न सक्छ । व्यावसायिक काममा लगानी बढाउनु पर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आखाँसम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार प¥याउनु होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । यात्रा गर्दा विशेष ध्यान दिनुहोला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

प्रेमसम्बन्धमा रहनेको लागि समय राम्रो छ । वैदेशिक यात्राको अवसर आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । धनको सदुपयोग नगर्दा पछुतो होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मानसिक असन्तोष पैदा हुनेछ । आफन्तजनसँग सुमधुर सम्बन्ध बनाउने प्रयत्न गर्नुहोला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यसिद्धिमा बाधा अड्चन आउनेछ । बाधा अड्चन आदिको सामना गर्नुपर्ला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

तपाईंको लागि आजको दिन अनुकूल नरहला । तपाईंको अनावश्यक यात्रा तथा खर्च हुनसक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आफ्नो स्वास्थ्यको विशेष ध्यान दिनुहोला । व्यर्थैमा आफ्नो ऊर्जा, समय र पैसाको खर्च हुनसक्छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

व्यापार–व्यवसायबाट लाभ प्राप्त होला । धनलाभ एवम् मिष्ठान्न भोजन प्राप्त हुनसक्छ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

स्वास्थ्यको ख्याल राख्नुहोला । मन अशान्त रहनेछ । कष्ट, रोग, सङ्कट आदिको भय रहन्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

मन प्रसन्न रहला । धन र स्वास्थ्यलाभको साथै सुख प्राप्त होला । शत्रुमाथि विजय प्राप्त हुनेछ ।