धरान । पूर्वपश्चिम राजमार्गअन्तर्गत इटहरी ६ स्थित हीरा होटलको मोडमा बसको ठक्करबाट शनिबार मोटरसाइकल चालकको मृत्यु भएको छ । बसका चालकको लापरबाहीका कारण मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ना ५ ख ११११ नम्बरको बसले ठक्कर दिँदा को ३३ प २५४० नम्बरका मोटरसाइकल चालक ४५ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको हो । बसको ठक्करले उनी गम्भीर घाइते बनेका थिए । घाइते बनेका उनलाई सामुदायिक अस्पताल इटहरीमा सामान्य उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो ।
उपचारको क्रममा पौने ८ बजेतिर निधन भएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालय सुनसरीले जनाएको छ । बसका चालक इटहरी १२ का सन्तोष विक र बसलाई इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएको छ । घटनास्थल इप्रका इटहरीबाट करिब १ किलोमिटर पश्चिममा पर्छ ।