गुडिरहेको ट्याक्टरको ट्रलीबाट खस्दा उदयपुरमा एक महिलाको मृत्यु भएको छ । उदयपुर त्रियुगा नगरपालिका १ जोगीदह की ४५ वर्षीया शारदा चौधरीको ट्याक्टरको डालाबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

जंगलबाट घाँस लोड गरी पछाडि डालामा बसेर आउने क्रममा ट्याक्टरको ट्रलीबाट लडी गम्भिर घाइते भएकी चौधरीको उपचारका लागि विराटनगरतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे १० बजे चौधरी घाँस काटेर प्रदेश २–०१–००१त ००८१ नम्बरको ट्याक्टरमा लोड गरी घरतर्फ आउँदै थिइन् ।