श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ४ गते शनिबार, १७ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको पञ्चमी तिथि २०ः५१ बजेसम्म, उप्रान्त षष्ठी, नक्षत्र मृगशिरा २ः५० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३७ र सूर्यास्त ६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । बेलैमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला ।


वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समय दिन नसक्दा काम बिग्रन सक्छ । लगानी बढाउनुपर्ने बाध्यात्मक परिस्थिति आउन सक्छ ।


मिथुन (का, कि, कु, घ, ब, छ, के, को, ह)
आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् । सहयोग गर्नेहरूले सोचेजस्तो साथ नदेलान् ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

इच्छाशक्ति बढ्नुका साथै कीर्तिमानी कामको यश लिने अवसर प्राप्त हुनेछ । दिन राम्रो छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । आजको दिन उत्तम देखिन्छ ।


कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मान–सम्मान आदि पाइनेछ । साथ दिनेहरू बढ्नेछन् । प्रेमसम्बन्ध सफल रहला ।


तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आत्तिने बानीले काम बिग्रनुका साथै पाएको मौका गुमाउनु पर्ला । यात्रा कष्टप्रद रहनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

स्थायी सम्पत्तिमा विवाद आउन सक्छ । मेहनत गरे पनि सोचेजस्तो फल प्राप्त नहुन सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
ईष्र्या गर्नेहरूले सताउलान् । पहिलेकै काम दोहो¥याउनु पर्ने स्थिति आउन सक्नेछ ।


मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
अध्ययन–अध्यापनमा सोचेजस्तो समय दिन नसकिएला । आत्मसम्मानमा आधात पुग्नेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
प्रयत्न गर्दा विश्वास नलागेको कामसमेत बन्न सक्छ । छोटो समयमा मनग्य फाइदा होला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्रोत साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । अध्ययनमा रुचि बढ्नेछ ।