यासोक। पछिल्लो समय ग्रामिण सडकमा जथाभावी गोलिया राख्ने गरिएको छ । व्यापारीहरुले आफ्नो स्वार्थ पूरा गर्न सडकमा असहज हुने गरी गोलिया राख्ने गरेका छन् । जिल्लाको तुम्बेवा र फाल्गुनन्द गाउँपालिकाको अधिकाम्स ग्रामिण सडकमा व्यपारीहरुले गोलिया राखेर बाधा पु¥याउँदै आएका छन् ।
स्थानीय सरकारले सडकको गोलिया हटाउँन पटक पटक आह्वान गर्ने गरेको छ । तर त्यसलाई व्यवसायीले अटेर गर्ने गरेका छन । साँघुरो सड्कमा गोलिया राख्दा सवारी दुर्घट्ना हुन सक्ने भन्दै स्थानीय सरकारले चासो दिदै आएका छ । तर स्थानीय सरकारले आग्रहलाई लत्याउँदै आएका व्यवसायीहरुले गोलिया सडकबाट हटाउँदैनन् ।
जिल्लाको तुम्बेवा गाउँपालिका र मिक्लाजुङ गाउँपालिकाको सप्तमी सडक खण्डमा मनपरी रुपमा गोलिया राखेको पाइएको छ । गोलिया हटाउँन गाउँपालिकाले पटक पटक सुचना जारी गरेको छ । यति हुँदा पनि व्यापारीको बलमिच्याई कायम छ । सुचना जारी गर्दा बल्ल तल्ल सडक आसपासका गोलिया हटाउँने संकेत दिएको गाउँपालिका अध्यक्ष होमनाथ थापाले बताए । व्यवसायीहरु अटेर गरेपछि पटक पटकको छलफल प्रशासनको सहयोग लिने भने पछि छिटफुट रुपमा सडकका गोलिया हटाउँन थालेको थापाको भनाइ छ ।
बनमा काटिएका गोलिया व्यवसायीले बैकल्पिक व्यवस्था नगरी सोझै सडकमा राख्ने गरेका छन । नियमित सवारी साधनको चाप हुने फाल्गनन्द र कुम्मायक गाउँपालिकाको उत्तरे—यासोक सडक खण्डमा पनि यस्तै समस्या दोहोरिएको छ । वर्षेनी व्यवसायीले सडकलाई बाधा पुग्ने गरी गोलिया राख्ने गरेका छन । दैनिक साना र ठुला सवारी साधन आवत जावत गर्ने स्थानमा गोलिया राख्दा दुर्घटनाको जोखिम बढेको सवारी चालक केदार बोहोराले बताए ।
“साँघुरो बाटोमा गोलिया राखिएको छ । अरु गाडीलाई साइट दिन व्याग सार्नु पर्छ, बोहोराले भने यस्तो अवस्थामा दुर्घटना हुन सक्छ । फाल्गुनन्द गाउँपालिका अध्यक्ष बीरबहादुर कुरुम्वाङ यो विषयमा जानकार छैनन् । यो बिषय आफु कहाँ आई नपुगेको र थाहा समेत नभएको तर्क गर्दछन् । “गोलिया कहाँ छ ? मलाई थाहा छैन । म हेरेर जानकारी दिउँला कुरुम्वाङले भने ।
वर्षेनी व्यवसायीहरुले सडकमै गोलिया राख्ने गरेका छन । उनिहरुको पटक पटकको रबैयाको कारण नागरिकले सास्ती भोग्दै आएका छन । ग्रामीण सडकमा मात्रै होइन मुख्य राजमार्गमै सडक आसपास गोलिया राख्ने गरेको पाइएको छ । निश्चित मापडण्ढमा बनाएर सुरक्षित स्थानमा गोलिया राख्नु पर्ने भएपनि त्यसो भएको छैन ।