श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल वैशाख ०३ गते शुक्रबार, १६ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको चतुर्थी तिथि १८ः२३ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र रोहिणी २३ः५५ बजेसम्म, उप्रान्त मृगशिरा, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३८ र सूर्यास्त ६ः२९ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज आफ्नै दक्षताले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

आफूले गरेका कार्यबाट आत्मसन्तुष्टी प्राप्त हुनेछ । नसोचेको स्थानबाट धनागमन होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । खर्च भने केही बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

नयाँ कामको प्रस्ताव आउनेछ । सहयोगीहरू प्रशस्त भेटिनेछन् । पारिवारिक मेलमिलाप होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सामाजिक क्षेत्रमा सफलता पाइनेछ । मान सम्मान प्राप्त हुनेछ । यात्रा सफल रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कृषि, पशुपालनको क्षेत्रबाट प्रशस्त लाभ रहनेछ । नयाँ कामको थालनी गर्दा लाभ होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वैदेशिक क्षेत्रबाट प्रशस्त लाभ होला । रोकिएका कामहरू सफल बन्दै जानेछन् ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ होला । पारिवारिक मेलमिलाप हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रबाट सफलता पाइनेछ । उच्च व्यक्तिबाट मान सम्मान पाइनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ हुनेछ । पेटसम्बन्धी समस्याले सताउला । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँखासम्बन्धी समस्याले सताउन सक्छ । यात्रा कष्टकर रहनेछ । सोचेअनुरूप लाभ नहोला ।