ब्लाष्टखबर । पाँचथरमा ट्याकटरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । 

बुधबार बेलुका सुकेधामबाट च्याङथापु तर्फ जादै गरेको  प्रदेश १– ०१–००१ त ८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक फाल्गुनन्द गाउँपालिका ४ का २८ बर्षीय रोशन चेम्जोङ घाइते भउका थिए । 

घाइते चेम्जाेङकाे उपचारका क्रममा जिल्ला अस्पताल पाँचथरमा  राती सभा १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

दुर्घटनापछि ट्याक्टर र चालक पाँचथर कुम्मायक ३, रानिगाँउ का २३ बर्षीय काली बहादुर तामाङ नियन्त्रणमा रहेको उक्त कार्यालयले जनाएको छ ।