सुनसरी । इटहरी १४ नर्भासा नहरमा पौडी खेल्न गएका दुई बालकको डुबेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा ईटहरी-७ का १४ बर्षीय आयुष भुर्तेल र सोही स्थानका १७ बर्षीय सायल चौधरी रहेका छन् ।
मङ्गलबार बेलुका ६ बजे नहरमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनिहरुलाई स्थानीयसहित खोजी गरिरहेको प्रहरीले फेला पारी उपचारको लागी घोपा धरान लगिएकोमा उपचारको क्रममा भुर्तेलको राती ११ बजे र चौधरीको सवा ११ बजे मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धानसमेत भईरहेको उक्त कार्यालयले जनाएको छ ।