श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७८ साल  वैशाख १ गते बुधबार, १४ अप्रिल २०२१ । राक्षस संवत्सर चैत्र शुक्लपक्षको द्वितीया तिथि १३ः०२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र भरणी २५ः५९ बजेसम्म, उप्रान्त कृतिका, चन्द्रमाराशि कुम्भ, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२८ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आँखासम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउदा विचार पु¥याउनु होला । 

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

प्रेम सम्बन्धमा समस्या आउने छ । वैदेशिक यात्राको योग रहेको छ । सन्तानबाट सन्तुष्टि प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपाइको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन प्राप्त होला । साथै धन लाभ पनि रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

स्वास्थ्यले साथ देला शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि होला । छोटो दुरीको यात्रा रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

अवसर र व्यवधानका बीचबाट कर्मफल हात पार्न सफल आउनेछ । अरुको विश्वास जित्न केही समय लाग्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

अध्ययनमा विशेष प्राप्ती हुनेछ । भौतिक साधन जुट्नेछन् । उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आम्दानीका श्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुनेछ । सहयोगीहरुले साथ दिनाले चिताएका काम पूरा हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त होला ।  आफन्त र इष्टमित्रबाट सहयोग प्राप्त होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

जग्गा जमिनको कारोबारबाट प्रसस्त लाभ होला । धार्मिक तथा समाजिक कार्यमा रुची बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ ।