यासोक । सरकारले पाँचथर र तेह्रथम दुई जिल्लालाई कालो पत्रे सडक जोड्न लागेको छ । संघीय सरकारले पाँचथर र तेह्रथुम जिल्लालाई जोड्ने छोटो दुरीमा जोड्न लागेको हो ।

पाँचथरको फाल्गुनन्द गाउँपालिकाको उत्तरे, यासोक, लुमुघाट हुदै तेह्रथुमको म्याङलुङ जोड्ने सडक कालो पत्रे गर्न लागेको हो । सरकारले दुबै जिल्लालाई कालो पत्रे सडकमा जोड्न ७९ करोड ९४ लाख रकम बिनियोजन गरेसंगै योजनाको काम अघि बढ्ने भएको हो ।

वर्षौदेखि हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे सडकका कारण सास्ती भोग्दै आएका जिल्लावासी सडक कालो पत्रे हुने भएपछि हर्सित भएका छन । लामो समयदेखि सडक स्तरउन्तीको माग गर्दै आएका फाल्गुनन्द र कुम्मायक गाउँपालिकावासीको सपना पूरा हुने भएको छ ।

जिल्लाको फाल्गुनन्द गाउँपालिका स्थीत राँके, उत्तरे—रवि सडक खण्डमा कालो पत्रेको काम हुदै आएको छ । उत्तरे, यासोक, लुमुघाट हुदै तेह्रथुमको म्याङलुङ सडक कालो पत्रे गर्न प्रक्रिया अघि बढको छ ।

जस्का लागि उत्तरे—यासोक सडकमा डिपिआर भई सडकको ठेक्का प्रकृया अघि बढेको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्वाङले बताए । उनले दुबै जिल्लाका नागरिकलाई सडक संजाल मार्फत जोड्न बजेट बिनियोजन गरेको भन्दै चाँडै ठेक्का प्रकृया अघि बढाई काम सुरु गर्ने बताए ।

यस अघि पनि फाल्गुनन्दको उत्तरे, यासोक सडक खण्डको १६ किलोमिटर सड्कको स्थतउन्नती भएको थियो । डेनर्माक सरकारको सहयोगमा उन्नती परियोजना मार्फत प्रदेश सरकारले ४ करोड रकमबाट  स्तरउन्नती भएको थियो ।

सोही सडकमा संघीय सरकारले रकम बिनियोजन गरेसंगै कुम्मायक र फाल्गुनन्द गाउँपालिकावासीलाई राह्रत पुग्ने कुम्मायक गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।