‘साइक्लोन सेरोजा’ नामक आँधीले अष्ट्रेलियाको पश्चिमी तटमा रहेको कलबरी शहरमा विध्वंश मच्चाएको छ ।

भारी वर्षापछि आएको तुफान र पहिरोका कारण अष्ट्रेलियाको कलबरी शहरका अधिकांश घरहरु क्षतिग्रस्त भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार प्रतिघण्टा १ सय ५ माइलका दरले आएको आँधीका कारण दर्जनौ सवारीसाधनमा क्षति पुगेको छ । आँधीले बिजुलीका पोल ढालेको छ ।  बिजुली आपूर्ति बन्द भएपछि सो क्षेत्रका अधिकांश जनता अँध्यारोमा बस्न बाध्य छन् ।

कलबरी शहरका राज्य प्रमुख मार्क मैकगोवनले आँधी शक्तिशाली भएकाले सचेत र सावधानी अपनाउन सर्वसाधारणमा अपील गरेका छन् । यसअघि गत महिना पनि अष्ट्रेलियामा आएको आँधी र बाढीपहिरोले १८ हजार घरपरिवार विस्थापित भएका थिए । 

तस्बिरः बीबीसी