श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ३० गते सोमबार, १२ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको औँसी तिथि ८ः१५ बजेसम्म, उप्रान्त प्रतिपदा, नक्षत्र रेवती ११ः४१ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मकर, सूर्योदय ५ः४२ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

प्रयत्न गरेमा व्यापार बढ्नुका साथै व्यवसायबाट लाभ हुनेछ । आयआर्जनको नयाँ स्रोत फेला पर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

भौतिक साधन जुट्नाले आम्दानी बढ्ने काम प्रारम्भ हुनेछ । अतिथिका रूपमा सत्कार मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र तथा आभूषणको व्यापार–व्यवसायबाट प्रशस्त लाभ होला । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । उच्चशिक्षा हासिल गर्ने समय छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिस्थिति अनुकूल रहे पनि कामले विवाद निम्त्याउनेछ । भौतिक सुविधामा खर्च बढ्न सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

स्वास्थ्य सबल बन्नुका साथै काममा उत्साह जाग्नेछ । पुरुषार्थ देखाएर समाजमा स्थापित बन्न सकिनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

चुनौती पन्छाएर काम सम्पन्न गर्न सकिनेछ । शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

व्यापारलगायत आर्थिक लाभ लिने योजना कार्यान्वयन हुनेछन् । छोटो समयमा विशेष उपलब्धि प्रात हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । छोटो समयमा विशेष सफलता मिल्ला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका स्रोत बढ्नेछन् । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । अध्ययनमा प्रगति हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मिहिनेतीहरूका लागि उत्साहबद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आवेशको निर्णयले समस्या निम्त्याउनेछ । व्यवहारमा सजग रहनुपर्ला । अनावश्यक खर्च बढ्नेछ ।