श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत २९ गते आइतबार, ११ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको चतुर्दशी तिथि ६ः१८ बजेसम्म, उप्रान्त औँसी, नक्षत्र उत्तरभाद्र ९ः१० बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मकर, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजा प्राप्त हुने योग देखिन्छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

पहिलेको कामलाई निरन्तरता दिन सकिनेछ । परिस्थितिले केही अप्ठ्यारा बाधा अवरोध निम्त्याउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

जग्गा–जमिनको कारोबारबाट हानि नोक्सानी हुनेछ । धनको सदुपयोग नगर्दा पछुताउनु पर्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला । आर्थिक कारोबारमा मन्दी छाउला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफूले गरेका कार्यमा आत्मसन्तुष्टि प्राप्त हुनेछ । नसोचेको ठाउँबाट धनागमन हुने योग छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुख, दुःख बराबरी हुनेछ । दिन मध्यम् खालको देखिन्छ । ठूलो कारोबारमा लगानी नगर्दा बेस होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आँटे ताकेका कामहरू पूर्ण हुँदै जानेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

मिहिनेतीहरूका लागि उत्साहबद्र्धक समय छ । ज्ञान, कला र व्यक्तित्वमा निखार आउनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला । नियमित काम सम्पादन हुनेछ ।