श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि।सं। २०७७ साल  चैत्र २८ गते शनिबार, १० अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको चतुर्दशी तिथि ६ः१८ बजेसम्म, उप्रान्त औँसी, नक्षत्र पूर्वभाद्र ७ः०० बजेसम्म, उप्रान्त उत्तरभाद्र चन्द्रमाराशि मकर, सूर्योदय ५ः४३ र सूर्यास्त ६ः२६ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्यले साथ देला शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्छ । धार्मिक सांस्कृतिक सभा समारोहमा सरिक हुने सम्भावना छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह(

आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । चिताएको कामल तिव्रता लिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज अधिकार प्राप्तिका लागि गरिएको प्रतिस्पर्धामा विजयी भइनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

मनमा दोधारको अवस्था सिर्जना हुन सक्छ । दाम्पत्य जीवनमा एक किसिमको निरसता आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । रमाइलो यात्राको सम्भावना देखिएको छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

वस्त्र आभूषण व्यापार–व्यवसायबाट प्रसस्त लाभ रहनेछ।  आँटेका ताकेका कामहरू पुरा हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

वैदेशिक यात्राको योग रहेको छ । पारिवारिक समस्याले गर्दा मानसिक चिन्ता बढ्न सक्छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

महत्वपूर्ण अवसर गुम्न सक्नेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

राजनैतिक क्षेत्रमा अफलता पाइनेछ मन खिन्न रहनेछ । पेटसम्बन्धी समस्याले सताउला  ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

नयाँ कामको थालनी गर्दा प्रसस्त लाभ रहनेछ । धार्मिक तथा सामाजिक कार्यमा रूचि बढ्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आज आफन्तसँग मनमुटाव बढ्ला । सामान हराउन सक्नेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ ।