उर्लाबारी ।  उर्लाबारी नगरमा एक पछि अर्को पर्यटक रमाउने फन पार्क खुल्नेक्रम जारी रहेको छ । केही महिना अघि उर्लाबारीको दुर्गापुरीमा एभरेष्ट फनपार्क एण्ड रिर्सोट प्रालि खुलेको केही महिना पश्चात अर्को फन पार्क शुभारम्भको तयारीमा छ ।

उर्लाबारी चौकबाट ६ किमी दक्षिणमा रहेको नगरको मौलीबारीमा दुई युवाको ६ करोडको लगानीमा नेचुरल फनपार्क एण्ड रिर्सोट प्रालि खुल्ने तयारीमा रहेको छ । १४ विगाह क्षेत्रफलका निर्माण गरीएको उक्त पार्क नाम  अनुुसार नै नेचुरल प्रविधीबाट निर्माण गरीएको संचालक डिल्लीराम न्यौपानेले बताएका छन ।

आन्तरिक पर्यटनलाई प्रर्वद्धन सगै स्वरोजगार सृजना गर्ने क्रममा पछिल्लो ट्रेडलाई पच्छाउदै“ फनपार्कमा लगानी गरेको बताउँदै संचालक न्यौपानेले नवबर्षको अवसर पारी शुरु गर्ने बताएका छन ।

 एकान्त, स्वाच्छ वातावरण मैत्री तथा प्रयाप्त स्थान भएकोले पर्यटकहरुको गन्तव्यको रोजाईमा फन पार्क पर्ने बताउँदै मोरङ जिल्लामै पहिलो मोटरेवल बुट, माछा, लामो पोखरी, सेल्फी डाँडा, आईलेण्ड, भिउ टावर, लज, सेमीनार हल लगायतका प्रयाप्त मनोरञ्जनका साधन सहित आफै फिसीङ गरी माछा लगायतका परिकार बनाएर खान मिल्ने  रेष्टुरेन्ट फनपार्कको बिषेशता रहेको संचालकले बताएका छन ।

यसरी नगरमा एक पछि दोस्रो सुविधा संम्पन्न फनपार्कका कारण नगरको अर्थतन्त्रमा  सकारात्मक प्रभाव पार्ने बताउँदै उर्लाबारी नगरपाकिाका मेयर खड्ग फागोले आन्तरिक पर्यटनको आगमनले नगरको नाम सवै क्षेत्रमा फैलिने बताएका छन । साथै मेयर फागोले फनपार्कमा रमाउन आएका पर्यटक सग“को व्यवहार अत्यन्तै राम्रो र सेवा प्रभावकारी हुन आवश्यक समेत रहेको सुुझाव गरेका छन ।