श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत २७ गते शुक्रबार, ९ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको त्रयोदशी तिथि ४ः४५ बजेसम्म, उप्रान्त चतुर्दशी, नक्षत्र पूर्वभाद्र ७ः०० बजेसम्म, उप्रान्त उत्तरभाद्र, चन्द्रमाराशि धनु, सूर्योदय ५ः४५ र सूर्यास्त ६ः२५ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

स्वास्थ्यले साथ देला । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

तपाईको बोली तथा वाणीको प्रभावमा वृद्धि हुनेछ । उत्तम भोजन र इष्टभित्रबाट सहयोग प्राप्त होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

वस्त्र, आभूषण तथा दाम्पत्य सुख आदि प्राप्त होला । आफन्त र इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

आँखासम्बन्धी समस्याले सताउन सक्छ । सवारी साधन चलाउँदा विचार पु¥याउनु होला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ होला । धार्मिक तथा सामाजिक कार्यमा रुचि बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

कार्य सिद्धि होला । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ देला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

व्यापार–व्यवसायमा लाभ प्राप्त हुनेछ । धनलाभ होला । सन्तानबाट सन्तुष्टि प्राप्त होला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुनसक्छ । आफन्त तथा मित्रजनबाट साथ र सहयोग मिल्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

तपाईको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

उन्नति, प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । यात्रा सफल होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

व्यापार–व्यवसायमा लगानी गरे प्रशस्त लाभ मिल्ला । पढाइमा रूचि बढ्नेछ । यात्रा सफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वैदेशिक यात्राको योग रहेको छ । आकस्मात धनलाभ हुने देखिन्छ । पारिवारिक मेलमिलाप हुनेछ ।