ब्लाष्टखबर । पछिल्लाे २४ घण्टामा भारतमा  १ लाख २६ हजार ७८९ नयाँ काेराेना संक्रमित फेला परेका छन् । 

यस अघि बुधबार १ लाख १५ हजार भन्दा बढीमा काेराेना स्रक्रमण पुष्टि भएकाे थियाे ।  । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६८५ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि एक लाख ६६ हजार ८६२ पुगेको छ ।

भारतमा अहिलेसम्म एक करोड २९ लाख नाघिसकेको छ। हाल भारतमा नौ लाखभन्दा धेरै सक्रिय संक्रमित छन् ।

फेब्रुअरीमा भारतमा दैनिक १० हजारभन्दा कम नयाँ संक्रमित भेटिएकाेमा  कोरोनाको दोस्रो लहरको सामना गरिरहेको भारतमा संक्रमितकाे संख्यामा उल्लेख्य वृद्धि भइरहेकाे छ ।