श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत्र २५ गते बुधबार, ७ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको एकादशी तिथि २ः४८ बजेसम्म, उप्रान्त द्वादशी, नक्षत्र धनिष्ठा ३ः४८ बजेसम्म, उप्रान्त शतभिषा चन्द्रमाराशि धनु, सूर्योदय ५ः४६ र सूर्यास्त ६ः२४ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

रमाइलो जमघटकाबीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसलता जमाउनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

पहिलेको कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । व्यक्तित्वमा निखार्ने अवसर प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । केही खर्च बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

समयमा आलश्य गर्ने बानीले पछि परिनेछ । लागनी बढाउने अवसर भने प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही बस्तु त्याग्नुपर्ला । दोहो¥याएर प्रयत्न गर्दा सफलता मिल्ला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

नयाँ कामको प्रस्ताव आउनेछ । भने सहयोगीहरू प्रशस्तै भेटिनेछन् । विछोडिएका परिवारजनसँग भेट हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरु सम्पन्न हुनेछन् । परिवारमा सुख सन्तोष छाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सेयरमा लगानी गर्दा भविष्यमा निकै लागू रहनेछ । व्यापार–व्यवसायबाट प्रसस्त लाभ होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । वैदेशिक यात्राको योग रहेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

यात्रामा माल–सामान हराउन सक्छ । मनमा निरासा र शरीमा आलस्य आउला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नुपर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पढाईमा रूचि बढ्नेछ । आँटेका सोचेका कार्यहरू पूर्ण हुनेछन् । तिर्थ यात्राको भ्रमण रहला ।