ब्लाष्टखबर । रूसी राष्ट्रपति भ्लादिमिर पुतिनले राष्ट्रपति पदमा अरु दुई कार्यकालका सहनेगरी सोमबार एक कानूनकाे अन्तिम अनुमति दिएका छन्।
उक्त कानुन अनुमोदन भएपछि पुतिन २०३६ सम्म रूसमा सत्तामा रहने सम्भावना छ। रूसमा राष्ट्रपतिको कार्यकाल छ बर्ष रहेको छ।
६८ वर्षीय व्लादिमिर पुतिन दुई दशक भन्दा बढी समयदेखि रूसमा सत्तामा छन्। सरकारको कानूनी सूचना पोर्टलमा जारी गरिएको एक सुचना अनुसार पुतिनले सोमबार उक्त कानूनमा हस्ताक्षर गरेका छन्।
यो कानूनको अनुमोदन भएपछि उनी २०२४ मा वर्तमान कार्यकाल पूरा भए पछि आउँदो चुनावमा उत्रन सक्षम हुनेछन्। गत वर्ष जुलाई १ मा सम्पन्न संवैधानिक मतदानमा पुतिनलाई फेरि दुई पटक राष्ट्रपति पदको उम्मेदवार बनाउने प्रावधान पनि समेटिएको छ।