श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र २४ गते मङ्गलबार, ६ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको दशमी तिथि २ः२५ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र  श्रवण २ः५० बजेसम्म, उप्रान्त धनिष्ठा चन्द्रमाराशि वृश्चिक, सूर्योदय ५ः४९ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

दुध तथा कृषि व्यापार–व्यवसायबाट प्रसस्त लाभ रहला । मिष्ठान्न भोजनको योग रहेको छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

सवारी साधन किन्ने योग रहेको छ । पढाइमा भन्दा मनोरञ्जनमा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सरकारी क्षेत्रबाट सहयोग प्राप्त हुनेछ । सोचेअनुरूप काम बन्नाले मन प्रफुल्लित रहनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

कस्मेटिकको व्यापारबाट लाभ रहला । पेटसम्बन्धी समस्याले सताउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सेयरमा लगानी गर्दा प्रसस्त लाभ रहला । बैदेशिक यात्राको योग रहेको छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

अवसर र व्यवधानका बीचबाट कर्म फल हातपार्न सफल भइनेछ । अरुको विश्वास जित्न केही समय लाग्नेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रसस्त लाभ रहला । सवारी साधन खरिद गर्ने समय रहेको छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सरकारी क्षेत्रबाट प्रसस्त लाभ रहला । आँटेको ताकेका कार्यहरु पूर्ण हुनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आम्दानीका स्रोत बढनुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रयत्न गर्दा दिगो फाइदा हुने काम हात लागि हुनेछ । सहयोगीहरूले साथ दिनाले काम पूरा हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

आँखासम्बन्धी समस्याले सताउन सक्छ । धार्मिक कार्यमा रुचि बढ्नेछ । यात्रा सफल रहला ।