श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र २२ गते आइतबार, ४ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको अष्टमी तिथि ३ः१६ बजेसम्म, उप्रान्त नवमी, नक्षत्र  पुर्वषाढा २ः१९ बजेसम्म, उप्रान्त उत्तरषाढा चन्द्रमाराशि तुला, सूर्योदय ५ः५१ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

अस्वस्थता अनुभुति हुनेछ। तर जिम्मेवारी भने बढ्नेबछ । सानातिना काममै अल्झनुपर्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

समयमा काम पुरा नहुनाले खिन्नता बढ्न सक्छ । व्यवसायिक काममा खर्च बढ्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

सहयोगको आशा देखाउनेहरुले धोका दिन सक्छन् । सेवामुलक कार्यमा अवरोध आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

महत्वपूर्ण कामको सन्दर्भमा सत्तिशालि व्यक्तिहरुसँग मित्रता बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

नोकरी र राजनीतिमा लाग्नेहरुलाई विशेष फाइदा होला । राम्रै आयआर्जन हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विभिन्न अवसरले पछ्याउने समय छ । मविश्यका लागि विशेष काममा जग बसाउने मौका छ। 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कर्मयोगको विशेष फल प्राप्त गर्ने समय छ । प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कृषि पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । चल अचल धनको उपयोगबाट मनग्गे फाइदा हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । ऋण तथा कर्जा चुक्ता गनृ सकिएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

काममा आलस्य जाग्ने र खर्चको माग बढ्ने देखिन्छ । व्यवसायमा लगानी बढाउनुपर्ने समय छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नै कमजोरीले विवादमा परिएला । सचेत रहनुहोला । मुद्धा मामिला वादविवादमा कमजोरी सावित होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

वैदेशिक क्षेत्रबाट सोचेजति लाभ नहुन सक्छ । टाढाको यात्रामा सफलता मिल्ला ।