श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत्र २१ गते शनिबार, ३ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको षष्ठी तिथि ६ः१५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र  मुल २ः५१ बजेसम्म, उप्रान्त पूर्वषाढा चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५२ र सूर्यास्त ६ः२२ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)
विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ । भेटघाटले समेत उत्साह बढाउला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
प्रेम सम्बन्धमा सफलता मिल्नेछ । लामो दूरीको यात्रा रहनेछ । धर्म कर्ममा रूचि बढ्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
गरेको कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । आफन्तका लागि सङ्घर्ष गर्नु परे पनि उचित श्रम मिल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
सेयरमा लगानी गर्दा प्रसस्त लाभ रहला । यात्रा सफल रहला । नयाँ काम प्रारम्भ रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आँटले सजिलै लक्ष्यमा पु¥याउने छ । सुखद् समाचारले दिन उत्साहपूर्व रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रयत्न गर्दा विगतका कमजोरीलाई सुधार्न सकिनेछ । व्यापार–व्यवसायमा प्रसस्त लाभ रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
विभिन्न उपहार प्राप्त हुने समय छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ । बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आजको लाभांश सञ्चय नहुन सक्छ । केहि फाइदा लिन अर्को वस्तु त्याग्नु पर्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । मान–सम्मान प्राप्त होला ।