ब्लाष्टखबर । ताइवानकाे एक सुरूङमा शुक्रबार बिहान यात्रुबाहक ट्रेन दुर्घटना हुँदा  कम्तिमा ३६ जनाकाे मृत्यु भएकाे छ । 

ताइवानका परवाहन मन्त्रालयले दुर्घटनामा परी कम्तिमा ७२ जना यात्री घाइते भएकाे र उनिहरूलाई उपचारकालागी अस्पताल पुर्याइएकाे जनाएकाे छ ।  ताइवान रेल्वे प्रशासनका अनुसार आठ क्यारेज ट्रेन ३५० जना यात्रु लिएर ताइतुग तर्फ गइरहेकाे थियाे ।

  हुलिएनकाे उत्तरमा रहेकाे उक्त सुरूङमा उक्त ट्रेन बिहान करिब ९ ३० मा दुर्घटना भएकाे हाे । 

दुर्घटना स्थलमा केन्द्रिय आपतकालीन सेवाका टाेलीले उद्धारकार्य गरिरहेकाे  ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।