श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत २० गते शुक्रबार, २ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको पञ्चमी तिथि ८ः३३ बजेसम्म, उप्रान्त पष्ठी, नक्षत्र ज्येष्ठा ३ः५७ बजेसम्म, उप्रान्त मूल, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५३ र सूर्यास्त ६ः२१ बजे हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

सफलताले हिम्मत दिलाउनेछ । प्रयत्न गर्दा राम्रै काममा जग बसाउने मौका छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

नयाँ कामकाजमा प्रगति हुनेछ । सहयोगीहरू भेटिनेछन् । बिछोडिएका परिवारजनसँग भेट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

अध्ययनमा प्रगति हुनेछ । ज्ञानलाई उपयोग गर्ने अवसर  हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मनमा दुविधा उत्पन्न हुनेछ । अधिकार प्राप्तिका लागि सङ्घर्ष गर्नु परे पनि उचित फल मिल्नेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । आफन्तका लागि सङ्घर्ष गर्नुपर्नेछ । आजको दिन सामान्य छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पेटसम्बन्धी समस्याले सताउन सक्छ । खानपानमा विचार पु¥याउनु होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

यात्रामासामान हराउन सक्नेछ । मनमा निराशा र शरीरमा आलश्य छाउला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज आफ्नै दक्षताले विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सन्तोष छाउला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक क्षेत्रमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

सवारी साधन खरिद गर्ने योग रहेको छ । आत्मबल बढाएर काम गरेमा सफलता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । यात्रा सफल रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यवसायमा लगानी बढाउनु पर्ने समय छ । पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ ।