श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत १९ गते बिहीबार, १ अप्रिल २०२१ । प्रमादि संवत्सर चैत्र कृष्णपक्षको चतुर्थी तिथि ११ः१९ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र विशाखा ७ः३८ बजेसम्म, उप्रान्त ज्येष्ठा, चन्द्रमाराशि कन्या, सूर्योदय ५ः५४ र सूर्यास्त ६ः२१ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

आज ठीक समयमा उचित निर्णय लिन सकिनेछ । व्यापार–व्यवसायमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ । सहयोगी र नातागोताको सहयोग मिल्ने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

रोकिएका काम सम्पादन हुने योग छ । आत्मविश्वास पनि जाग्नेछ । साथीभाइसँग भेटघाट हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

व्यवसायमा लगानी गर्दा पछि धेरै लाभ मिल्नेछ । नयाँ कामको थालनी गर्दा राम्रो रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

राजनैतिक क्षेत्रबाट सफलता मिल्नेछ । खानपानमा विचार पु¥याउनु होला । स्वास्थ्यमा समस्या आउन सक्छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

पारिवारिक समस्याका कारण मानसिक चिन्ता बढ्नेछ । व्यापार–व्यवसायमा सोचेअनुरूप लाभ नमिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आकर्षक उपहारले उत्साह जगाउनेछ । दिउँसोदेखि प्रतिक्षित नतिजाले उत्साह जगाउनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन् । धनलाभ र मनग्य अर्थ सञ्चय गर्ने योग छ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सानातिना समस्यामा अल्झिनु पर्नेछ । स्वास्थ्यमा समस्या आउला । खर्च बढ्ने योग परेको छ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज धनार्जनका स्रोतहरू पत्ता लाग्नेछन् । आत्मबल बढाएर बाम गरेमा सफल भइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रमाइलो जमघटका साथ स्वादिष्ट भोजन प्राप्त हुनेछ । कामकाजको सफलताले थप हौसला बढाउनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

पहिलेका कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । वैदेशिक यात्रा सफल रहला ।