ताप्लेजुङमा सम्पन्न दोस्रो मेयर रनिङ कपको उपाधि मिक्वाखोला गाउँपालिकाले जितेको छ । 

फाइनल खेलमा पाथीभरा याङ्वरक गाउँपालिकालाई ३–१ को सेटमा हराउँदै उपाधि हात पारेको हो । 

मिक्वाखोलाले २५–१८, १३–२५, २५–२२ र २५–२१ को सेटमा स्तब्ध बनायो । सिदिंवा र सिरीजंघा भने तृतीय भए । 

विजेताले २ लाख २१ हजार १ सय र उपविजेताले १ लाख ११ हजार १ सय रुपैयाँ प्राप्त गरेको छ । तृतीय बनेका दुबै टिमलाई नगद ३३ हजारले पुरस्कृत गरियो । 

विधागततर्फ उत्कृष्ट डिफेन्डरमा दावा नुपू शेर्पा, उत्कृष्ट स्पाईकर मूकेश भटराई, उत्कृष्ट ब्लकरमा प्रवीण न्यौपाने, उत्कृष्ट सर्भरमा प्रताप सुब्बा लिम्बू, उत्कृष्ट सेटरमा कैलास बस्नेत, उत्कृष्ट अलराउण्डरमा आशिस मगर र उदयमान खेलाडीका रुपमा नवीन तामाङलाई सम्मान गरिएको छ । 

विजेता र उपविजेतालाई आइतबार नै पुरस्कार वितरण तथा सम्मान गरिएको थियो । चैत्र १३ गतेबाट भीमकाली गुल्मको भलिबल कोर्टमा सञ्चालित प्रतियोगितामा जिल्लाका ८ वटा पालिकाले सहभागिता जनाएका थिए ।