श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल चैत १३ गते शुक्रबार, २६ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको द्वादशी तिथि ८ः३८ बजेसम्म, उप्रान्त त्रयोदशी, नक्षत्र  मघा २१ः५४ बजेसम्म, उप्रान्त पूर्वफाल्गुणी, चन्द्रमाराशि मिथुन, सूर्योदय ६ः०१ र सूर्यास्त ६ः१७ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

नयाँ कामको प्रस्ताव आउनेछ । वैदेशिक यात्राको योग रहेको छ । व्यापारबाट सोचेअनुरूप लाभ हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खर्च लागे पनि काम बन्नेछ । पछिका लागि केही वस्तु त्याग्नुपर्ला । दोहो¥याएर प्रयत्न गरेमा अवरोध हट्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

समयमा आलश्य गर्ने बानीले पछि परिनेछ । लगानी बढाउने अवसर भने प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

खर्च लागे पनि काम बन्नेछ । व्यापार–व्यवसायबाट लाभ हुनेछ । आजको दिन फलदायी यात्रा हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आवश्यक पर्दा सरसापट वा कर्जामार्फत् धन जुटाउन सकिनेछ । केही खर्च बढ्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ । पहिलेको सफलताले थप हौसला जगाउनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । परिवारमा सुख–शान्ति छाउला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

सुख–दुःख बराबरी रहेको मध्यम् खालको दिन छ । ठूला कारोबारमा लगानी नगर्दा बेस हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

विद्या र बुद्धिको विकास हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

आज विशिष्ट व्यक्तिको साथ पाइनेछ । दाम, इनाम रप्रतिष्ठा कमाउने बेला आएको छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । आँटे ताकेका कामकाज पूर्ण हुँदै जानेछन् ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

यात्रामा मालसामान हराउन सक्छ । मनमा निराशा र शरीरमा आलश्य आउला ।