श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  चैत ११ गते बुधबार, २४ मार्च २०२१ । प्रमादि संवत्सर फाल्गुन शुक्लपक्षको दशमी तिथि १०ः४० बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र पुष्य २३ः२९ बजेसम्म, उप्रान्त अश्लेषा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः०३ र सूर्यास्त ६ः१९ मा हुनेछ ।

मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ)

परिवारजनको साथले नयाँ आशा पलाउनेछ । मित्रताको बन्धन कसिनुका साथै सुखमा रमाउने समय छ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

रोकिएका कामकाज पुनः सुचारु हुनसक्छ । तर्क, विवाद र प्रतिस्पर्धामा राम्रो सफलता मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

उन्नति, प्रगतिको वातावरण बन्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

तपाईको मन अशान्त तथा निराश रहन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता तथा असन्तुष्टि रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुख र धनको प्राप्ति हुनेछ । नयाँ वस्त्र प्राप्त हुन सक्छ । पारिवारिक कारणले मनमा चिन्ता रहला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

व्यापार र व्यवसायमा लाभ प्राप्त होला । धनलाभ हुनेछ । सन्तानबाट सुख प्राप्त होला । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यसिद्धि होला । मानसम्मानमा वृद्धि हुनेछ । स्वास्थ्यले पनि साथ दिनुका साथै चिताएको काम पूरा होला । 

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ हुनेछ । नसोचेको स्थानबाट धनलाभ हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

आँखासम्बन्धी समस्याले सताउन सक्नेछ । सवारीसाधन चलाउँदा विचार पु¥याउनु होला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वस्त्र, आभूषण र दाम्पत्य सुख प्राप्त होला । आफन्त र इष्टमित्रबाट सहयोग प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

तपाईंको  बोली तथा बानीको प्रभावमा वृद्धि हुनेछ । मिष्ठान्न भोजन प्राप्त होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

स्वास्थ्यले साथ देला । शत्रुमाथि विजय प्राप्त हुनेछ । पराक्रममा वृद्धि हुने योग परेको छ ।