भण्टाबारी । ब्लाष्टकर्मी गोपाल दाहाल सम्मानित भएका छन् ।

धरान मदिरा व्यवसायी संघको सातौं वार्षिक साधारणसभाको अवसरमा ब्लाष्ट टाइम्सका  सम्पादक दाहाल सम्मानित भएका हुन् ।

सुनसरीको कोशी गाउँपालीका ३ स्थित कोशी टप्पुमा सोमबार आयोजित आफ्नो सातौं वार्षिक साधारणसभाको अवसरमा धरान मदिरा व्यवसायी संघले पत्रकार दाहाललाई नगद १० हजारसँगै दोसल्ला र सम्मानपत्रसहित सम्मान गरेको हो । पत्रकारितामार्फत सहयोग पु¥याएको भन्दै तीन सदस्यीय छनोट समितिको सिफारिसमा ब्लाष्टकर्मी दाहाल सम्मानित भएका हुन । पत्रकार दाहालसँगै अन्य दुईजनालाई समेत धरान मदिरा व्यवसायी संघले सम्मान गरेको छ् ।