विराटनगर/ मोरङको नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी बलको थप तीन वटा बोर्डर आउट पोष्ट (बिओपी) स्थापना भएको छ ।
रंगेलीको धनापट्टी, सुनबर्षीको सिक्टी र रतुवामाई नगरपालिकाको मिर्चाडाँगीमा बिओपी स्थापना गरिएको हो ।
सुनबर्षी नगरपालिका प्रमुख कालीप्रसाद दासले सिक्टी बोओपीको उद्घाटन गरेसँगै तीन वटै बिओपी आइतबारदेखि संचालनमा आएको छ । यसअघि मोरङमा सशस्त्र प्रहरीको सीमाक्षेत्रमा ८ वटा बिओपीले सीमा क्षेत्र र चोरी तस्करी रोक्दै आएको छ ।
सिक्टी बिओपीका लागि सुनबर्षी नगरपालिकाले १० कठ्ठा ऐलानी जग्गाका साथै भौतिक संरचना निर्माणका लागि ५ लाख बजेटसमेत उपलब्ध गराएको छ । यस्तै, धनापट्टी बिओपीकाा लागि रंगेली नगरपालिकाले ११ लाखको लागतमा उपभोक्ता समितिमार्फत र मिर्चाडाँगीमा रतुवामाई नगरपालिकाले १० लाखको लाागतमा भौतिक संरचना निर्माण गरिरहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणकाा गणपति एसपी तिर्थ पौडेलले बताए ।
सशस्त्र प्रहरी नायब महानिरीक्षक बंशीराज दाहालले सरकारले नेपाल भारत सीमा क्षेत्रमा १ सय १४ वटा थपेर २ सय २१ वटा बिओपी पु¥याउने लक्ष्यअन्तर्गत मोरङमा तीन वटा बिओपी थपिएको बताए । योसँगै ६३ किलोमिटर नेपाल–भारत सीमा भएको मोरङमा बिओपीको संख्या ११ पुगेको छ । प्रदेश १ मा २२ वटा नयाँ बिओपी थपिएको दाहालले बताए । यस प्रदेशमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या ५२ र नेपाल–चीन सीमा क्षेत्रमा २ गरी ५४ वटा बिओपीको संख्या पुगेको उनले जानकारी दिए ।
सरकारले अब दोस्रो चरणमा नेपाल–भारत सीमा क्षेत्रमा बिओपीको संख्या थपेर ५ सय पु¥याउने लक्ष्य लिएको र त्यसका लागि जग्गा छनौटको काम भइरहेको बताए । प्रदेश १ मा दोस्रो चरणमा बिओपीको संख्या थपिएर ७६ वटासम्म पुग्ने देखिएको दाहालले बताए । बिओपीको संख्या ७६ वटा पुगेपछि एउटा बिओपीदेखि अर्को बिओपीसम्मको दुरी ३ देखि ४ किलोमिटरमा झर्ने बताए ।
अहिले थपिएको बिओपीका लागि भएकै जनशक्तीले पुगेको तर अब थपिने बिओपीका लागि जनशक्ती समेत थपिनु पर्ने बताए ।