यासोक/सुभद्रा बुढाथोकी दैनिक भातको माड र पानी खाएर दिन कटाउँथिन् । उनको दैनिकी निकै कष्ठकर थियो । बचे कुचेका तीन वटा दाँत पनि फुकालेपछि उनलाई झन समस्या भयो ।

मन लागेको खान नपाएकी उनी दात लगाउँन पैसाको जोहो गर्दै थिइन् । तर गाउँमै दाँत लगाउँने शिविर आएको छ भन्ने सुनेकी उनि छोराको साहारामा गाउँपालिकासम्म पुगिन् । स्वास्थ्यकर्मीले उनको दाँतको नाप लिए । निशुल्क दाँत पाउँने भएपछि दंग भइन् । “गाउँमा अनुहार चाउरी पार्दै हिड्नु पथ्र्यो । अब भरिलो अनुहार हुने भयो पाँचथरको कुम्मायक गाउँपालिकाको दन्त शिविरमा भेटिएकी ६८ बर्षिय सुभद्राले ठट्टा गर्दै भनिन् ।

उनि एक प्रतिनिधि पात्र मात्रै हुन । शिविरमा धेरै जेष्ठ नागरिकहरुले सेट दाँत लगाउँन पाउँने भएपछि खुसि भएका छन । गाउँपालिकाले जेष्ठ नागरिक दन्त उपहार कार्यक्रम अन्तरर्गत ६० वर्ष माथीका गाउँपालिकावासी जेष्ठ नागरिकलाई निशुल्क सेट दाँत बितरण गरेको छ । दाँत फुकाल्न र लगाउँन तराईसम्म जाँदा धेरै खर्च हुन्थ्यो । शिविरमा सेवा लिन पुगेकी चन्द्रमाया चौहानले सुनाइन् । सरकार हाम्रो गाउँमा, हाम्रौ लागी आएको रहेछ । हामीले आर्शिवाद दिएका छौ् बुढाकापाको असिक लाग्छ जनप्रतिनिधिलाई लक्षित गर्दै चौहानले भनिन् ।

जेष्ठ नागरिकको खुसिलाई नजिकबाट नियाल्दै गरेका गाउँपालिका अध्यक्ष जयबहादुर चेम्जोङ भन्छन् दाँतको समस्याबाट ग्रसित बिपन्न समुदायका जेष्ठ नागरिक र अन्यलाई हामीले शिविरबाट समेट्ने प्रयास गरेका छौ । गाउँमै निशुल्क शिविरबाट सेवा पाएपछि सबै जना खुसि भएका छन् । उनले भने यस अघि पनि जेष्ठ नागरिकको लागि आँखाको शल्यकृया र अपाङगता भएका नागरिकको लागि पनि शिविर संचालन भएको थियो । शिविरबाट नागरिकलाई सेवा दिन सफल भएका छौ ।

गत चैत्र ६ गतेदेखि तीन दिनसम्म संचालन भएको शिविरमा ६० वर्ष माथीका १ सय ४ जनालाई सेट दाँत, ८० जनाको ३ सय ९९ खुद्रा दाँत लगाउँने र २ सय ४१ जनाको दाँत झिक्ने गरी कुल ३ सय २२ जनाले सेवा लिएको पुर्वाञ्चल डेन्टल हस्पिटल इटहरीका प्रवन्धक निर्देशक केशब रिमालले जनाए । उनका अनुसार सेट दाँतमा दश वर्षसम्मको वारेन्टी दिएको  र शिविरबाट सेवा लिएका नागरिकले अस्पतालमा सेवा लिन पुगे ३० प्रतिशतसम्म छुट दिने उनले दावी गरे ।

शिविर संचालनको लागि प्रदेश सरकारको सामाजिक बिकाश मन्त्रालयको ५ लाख, हेल्पिङ युथ इटहरीको ५ लाख र कुम्मायक गाउँपालिकाको ५ लाख गरी १५ लाख रुपैयाँ बिनियोजन गरिएको थियो । शिविरमा डा.बिसाल साह र डा. सविना बस्नेत सहित १० जना स्वास्थ्य कर्मीहरुले सेवा दिएका थिए ।