पाँचथरको कुम्मायक गाउँपालिकामा स्थानीय तहको संस्थागत स्वमूल्यांङकन कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

गाउँपालिकाको कार्यालयमा सम्पन्न भएको चार दिने  कार्यशाला गोष्ठीमा योजनाको अवस्था र प्रगति विवरण लगायतको बिषयमा स्वमूल्यांकनबारे छलफल भएको थियो ।

गाउँपालिकाको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सहयोगमा तालिम सम्पन्न भएको हो । तालिमको सहजीकरण प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रशिक्षण प्रतिष्ठानका प्रशिक्षक नारायण कोइराला र गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बावुनन्द मेहताले गरेका थिए । 

तालिममा जनप्रतिनिधि, कर्मचारी पत्रकार गरी ३६ जनाको सहभागिता थियो । चार दिनसम्म संचालन भएको कार्यशाला गोष्ठीका सहभागीलाई गाउँपालिकाको संस्थागत क्षमता स्वमूल्याङकन, लक्ष्य उदेश्य र नतिजाको बिषयमा जानकारी दिइएको थियो । 

स्वमूल्याङकनको नतिजामार्फत् कार्यपालिकाको बैठकबाट अनुमोदन गरी केही दिन भित्रै सार्वजनिक गर्ने प्रमुख प्रशासकीय अधिकृत बाबुन्दन मेहताले बताए  ।

गोष्ठीमा कुम्मायक १ वडाध्यक्ष देवेन्द्रकुमार लावती वडा नम्बर ५ का अध्यक्ष यामबहादुर बोहोरालगायतले गाउँपालिकावाट सम्पादन हुने क्रियाकलापलाई थप प्रभावकारी वनाउन यो गोष्ठीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।