आदिवासी जनजाति पत्रकार महासंघ फोनिजको फागुन २१ र २२ गते सुनसरीको रामधुनीस्थित रास तालमा भएको भेलाले १४ बुँदे रास ताल घोषणा पत्र–२०७७ जारी गरेको छ । 

घोषणापत्रमा थारु जातिको ग्रामथान अतिक्रमण र किराती मुन्धुममा आधारित खुवालुङ अतिक्रमण रोक्न माग गरिएको छ । घोषणापत्रले सञ्चारकर्मीसमेत रहेका (राजनीतिक बन्दी) रेशमलाल चौधरीलाई रिहाई गर्न समेत माग गरेको छ । 

हेरौं घोषणापत्रको पूर्ण पाठ

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को २०७७ फागुन २१ र २२ गते प्रदेश १ सुनसरीको ऐतिहासिक रामधुनी नगरपालिका वडा नं. ७ स्थित रासतालमा सम्पन्न प्रदेश भेलाले १४ बुँदे ‘रा.स. ताल घोषणा पत्र–२०७७’ जारी गर्दछ । 

१. नेपाल पत्रकार महासंघको आसन्न निर्वाचनमा केन्द्र, प्रदेश र जिल्ला तीनै तहका सबै पदहरुमा समावेशी प्रतिनिधित्व हुने गरी नयाँ समिति बनाउन सम्वन्धित सबैमा आग्रह गर्दछ ।

२. सरकारले निर्धारण गरेको पत्रकारको न्यूनतम पारिश्रमिक प्रदेशभरका सबै सञ्चार माध्यममा लागू गराउन माग गर्दै स्वरोजगार सञ्चार माध्यमलाई सरकारको तर्फबाट आर्थिक सहुलियतको व्यवस्था गर्न तीनै तहका सरकार समक्ष माग गर्दछ ।

३. प्रदेश नम्बर १ मा मातृ (राष्ट्र भाषा) भाषामा प्रकाशन÷प्रशारण हुने सञ्चार माध्यमको प्रवद्र्धन तथा आर्थिक सशक्तीकरण र निरन्तरताका निम्ति सबै तहको सरकारबाट आवश्यक सहयोगको माग गर्दै प्रेस काउन्सिल नेपालबाट गरिने वर्गीकरणमा विशेष व्यवस्था गरियोस् ।

४. राज्यबाट प्राप्त हुने विज्ञापन समानुपातिक रुपमा तीनै तहका साना ठूला लगानीका सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने व्यवस्था गदै अनलाइन, रेडियो र टेलिभिजनलाई समेत वर्गीकरणको दायरामा ल्याउन प्रेस काउन्सिल नेपालसँग यो भेला जोडदार माग गर्दछ । 

५. आदिवासी जनजाति, लोपोन्मुख, अल्पसंख्यक, सीमान्तकृत, महिला, अपाङ्गता, दलित, मधेसी समुदायबाट पत्रकारितामा क्रियाशील पत्रकारहरुको क्षमता अभिवृद्धिको लागि तालिम तथा अध्ययन भ्रमणको व्यवस्था गर्न तीनै तहका सरकारसँग माग गर्दछ ।

६. नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सञ्चारसम्बद्ध संघसंस्थालाई वार्षिक रुपमा उपलब्ध गराउँदै आएको अनुदान रकम फोनिजलाई हाल कटौती गरेकाले उक्त अनुदान उपलब्ध गराउन माग गर्दछ । 

७. समानुपातिक समावेशी प्रतिनिधित्व व्यवस्था अनुरुप सञ्चार ऐन, नीति, नियमावली आदि सबैमा सोही अनुसारको प्रतिनिधित्वको सुनिश्चितता गरी समावेशी सञ्चार नीति व्यवहारिक रुपमा कार्यान्वयन गरी समाचार कक्ष समावेशीताका लागि माग गर्दछ ।

८. प्रथाजनित कानूनहरुसँग बाझिएका कानूनहरु स्वतः खारेजी गर्न यो बैठक जोड्दार माग गर्दछ । 

९. सुनसरीमा राज्य तथा अन्य निकाय र व्यक्तिबाट अतिक्रमण गरिएको थारु जातिको ग्रामथानहरुको संरक्षणका लागि नेपाल सरकार र स्थानीय सरकारले कदम चालोस् भन्ने यो वैठक जोडदार माग गर्दछौं । 

१०. किराती मुन्धुममा आधारित ऐतिहासिक धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व बोकेको खुवालुङ अतिक्रमण तुरुन्त रोक्न जोडदार माग गर्दछौ । 

११ सोलुखुम्बूको सेलु एफ.एम. र ताप्लेजुङ्गको दोभान बजारमा भएको आगलागी र क्षतिप्रति भेला दुःख ब्यक्त गर्दै सहयोग उपलव्ध गराउन सरकार र अन्य सहयोगि मनहरुसँग जोडदार माग गर्दछ । 

१२ सञ्चारकर्मी समेत रहेका राजनीतिक बन्दी रेशमलाल चौधरीलाई तत्काल रिहाइ गर्न भेला माग गर्दछ । 

१३ राष्ट्रिय सम्मानित इमानसिंह चेम्जोङ (रा.स.) ताल, शंकरबेली ताल, अमाह सिमसार, रामधुनी मन्दिर, ग्रामधान, थारु संग्रहालय र कोशीटप्पु जस्ता पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न तीनै तहको सरकारलाई माग गर्दछौ । 

१४. नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को भेलामा आमन्त्रित प्रमुख अतिथि फोनिज संघीय अध्यक्ष डण्ड गुरुङ लगायत विभिन्न जिल्लाका प्रतिनिधि, बैठकमा सहयोग पु¥याउनु हुने सबैमा विस्तारित बैठक विशेष धन्यवाद व्यक्त गर्दछ । 

२१ फागुन २०७७ शुक्रबार
fonij_ghosana_patra1
fonij_ghosana_patra2