श्री शालिवाहनीय शाके १९४२ ने. सं. १८४१ वि.सं. २०७७ साल  फागुन १३ गते बिहीबार, २५ फेब्रुअरी २०२१ । प्रमादि संवत्सर माघ शुक्लपक्षको त्रयोदशी तिथि १७ः३७ बजेसम्म, उप्रान्त चर्तुदशी, नक्षत्र पुष्य १३ः३३ बजेसम्म, उप्रान्त आश्लेषा, चन्द्रमाराशि कर्कट, सूर्योदय ६ः३२ र सूर्यास्त ६ः०१ मा हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,द,ले,लो,अ)

बिहान रमाइलो देखिए पनि दिउँसोतिर अस्वस्थताले काममा जुट्न नसकिएला । साथ दिने नह“ुदा दुःख पाइनेछ ।    

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

व्यापार बढ्नेछ । यात्राको साइत जुर्न सक्छ । गरेको कामले आशा जगाउनेछ ।  भौतिक साधन प्राप्त हुनसक्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

तपार्र्इंले निर्णय गर्नुपरेमा अरू मानिसको भावनालाई विशेष ध्यान दिएर अगाडि बढ्दा राम्रँे हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

मानसिक समस्या र निराशाबाट जोगिनु होला । तपाईंमा छिटो पैसा कमाउने इच्छा बढ्नेछ । यात्रा कष्टकर देखिन्छ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

विभिन्न अवसर प्राप्त हुनुका साथै सफलता प्राप्त गर्ने समय छ । सफलताले मनमा हौसला र उत्साह जगाउनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

विदेश या बाहिरी क्षेत्रसँग सम्बन्धित विषयमा लाभ र सफलता मिल्न सक्छ । छोटो दूरीको यात्रा हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

कार्यसिद्धिमा अनेकौं बाधा, व्यवधान र विलम्ब आउने देखिन्छ । नयाँ कामको थालनी नगर्दा राम्रँे होला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कीर्तिमानी काम सम्पादन गरी नाम, दाम र इनाम हातपार्ने मौका छ । प्रयत्न गर्दा महत्वाकाङ्क्षी काम बन्नेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

व्यापारिक कारोबारबाट प्रशस्त लाभ हुनेछ । लामो दूरीको यात्रा गर्दा आफ्नो इष्टदेवलाई स्मरण गर्नुहोला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वैदेशिक यात्राको योग बनेको छ । पढाइमा मन जानेछ । खानपानमा विचार पु¥याउनु होला । दिन सामान्य छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ हुनसक्ला । सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ । दिन सामान्य छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

सामाजिक तथा धार्मिक क्ष्ँेत्रमा रुचि बढ्नेछ । थालेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ ।