नेकपा ओली समूहका केन्द्रीय सदस्य मुरारी सुबेदीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद र संसदीय दलको सामना गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले विघटन गरेको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले ब्युँत्याइदिएपछि अब के हुन्छ ? भन्ने नेता कार्यकर्ताको जिज्ञासाबीच धरानमा आयोजित अन्तरक्रियामा नेता सुवेदीले प्रधानमन्त्रीले दल र संसद ‘फेस’ गर्ने बताएका हुन्  । 

‘कानुनी लडाइँ संसदयी दलबाट सुरु हुन्छ,’ नेता सुवेदीले भने,‘प्रधानमन्त्रीको कदम संविधान भित्र परेन अब संसद फेस गर्छौं, जिते सरकार चलाउँछौं, हारे प्रतिपक्षमा बस्छौं ।’ नेता सुवेदीले थपे, ‘हामी ‘पर्ख र हेर’ को स्थितिमा छौं ।’

नेता सुवेदीले संसदमा आफ्नो पार्टी ८७÷८७ को अवस्थामा रहेको र एक मतले ओली पक्ष नै बढी हुने दाबी गरे । उनले सभामुखले मतदान गर्न नपाउने भएकाले संसदीय दलमा समेत आफूहरु बहुमतमा रहेकाले हाललाई केपी ओली नै प्रधानमन्त्री रहने बताए ।

हेरौं उनले अन्तरक्रियामा व्यक्त गरेको विचार यो भिडियोमार्फत् ।