श्री शालिवाहनीय शाके १९४२ ने. सं. १९४१ वि.सं. २०७७ साल फागुन १० गते सोमबार, २२ फेब्रुअरी २०२१ । प्रमादी संवत्सर, माघ शुक्लपक्षको दशमी तिथि १७ः३१ बजेसम्म, उप्रान्त एकादशी तिथि, नक्षत्र मृगशिरा ११ः१० बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमाराशि वृष, सूर्योदय ६ः३४ र सूर्यास्त ५ः५९ मा हुनेछ ।
मेष (चु,चे,चो,ला,लि,लिु,दले,लो,अ)
जागिरको क्षेत्र राम्रै रहनेछ । धार्मिक स्थान तथा मन्दिरहरूको भ्रमण र दर्शन गर्ने अवसर मिल्नेछ ।  
वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
पढाइमा रुचि बढ्नेछ । व्यापार–व्यवसायबाट सोचेअनुरूप लाभ मिल्नेछ । मन प्रफुल्लित रहने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
मानसिक असन्तोष पैदा हुनेछ । आफन्तजनसँग सुमधुर सम्बन्ध बनाउने प्रयास गर्नु होला । यात्रा कष्टकर देखिन्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
लामो दूरीको यात्रा गर्दा विचार पु¥याउनु होला । सवारी साधन चलाउँदा सावधानी अपनाउनु होला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
इष्टमित्रहरूको सहयोगले गर्दा रोकिएका कामहरू बन्नेछन् । लामो दूरीको यात्राको  योग परेको छ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
पढाइ तथा प्रेममा सफलता प्राप्त हुनाले मन प्रसन्न रहला । सन्तानबाट सन्तुष्टि प्राप्त हुनेछ । दिन राम्रो छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
यात्रा सुमधुर रहनेछ । नयाँ इष्टमित्रहरूसँग मेलमिलापले गर्दा मन अत्यन्तै प्रफुल्लित रहनेछ । यात्रा फलदायी रहला ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धनलाभ हुन सक्छ । व्यापार–व्यवसायबाट सन्तोषजनक फाइदा हुन सक्ला । स्वास्थ्यले साथ दिनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
राजनैतिक क्षेत्रबाट प्रशस्त लाभ मिल्नेछ । रोकिएका कामहरू बन्दै जानेछन् । छोटो दूरीको यात्रा रहला ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
आँखासम्बन्धी समस्याले सताउन सक्छ । स्वास्थ्यको कारणले गर्दा कामहरू अधुरै रहनेछन् ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
जग्गा–जमिनको कारोबारबाट प्रशस्त लाभ मिल्नेछ । सवारी साधन खरिद बिक्री गर्ने योग रहेको देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तपार्इंको कार्यसिद्धि हुनेछ । आजको दिन धार्मिक स्थलहरूको भ्रमण तथा दर्शन गर्नु उत्तम समय रहेको छ ।