धरान । धरान आदर्श स्कुलको सप्ताहव्यापी खेलकुद कार्यक्रमअन्तर्गत शुक्रबार डान्स र गायन प्रतियोगिता सम्पन्न भएका छन् । 

स्कुलका विद्यार्थीबीच गरिएको डान्स प्रतियोगितामा विनिता राई विजेता बनिन् । ममता एण्ड ग्रुप दोस्रो बन्दा टीछिरिङ शेर्पा तेस्रो बने । यता गायनतर्फ विवश लामिछाने र आयुश राई समान अंक प्राप्त गर्दै प्रथम बने । विशाका विक दोस्रो बन्दा आशिष विक तेस्रो बने ।

विवश र आयुशले समान १३६ अंक प्राप्त गरेको प्रिन्सिपल तथा निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै विशाका र आशिषले क्रमशः १३१ र १२२ अंक प्राप्त गरेका थिए । स्कुलले उद्घाटनको दिन वक्तृत्वकला, र म्याराथुन प्रतियोगिता सम्पन्न गरेको थियो । 

प्रतियोगिता विजेतालाई समापनको अवसरमा पुरस्कार वितरण गरिने प्रिन्सिपल एवम् निर्देशक लोकेन्द्र श्रेष्ठले जानकारी दिए । त्यस्तै शनिबार होटल मेनेजमेन्ट संकाय कक्षा ११ मा अध्ययरत विद्यार्थीहरुलाई चिण्डेडाँडासम्म हाइकिङ गराइएको छ ।

आइतबार हाजिरजवाफ प्रतियोगिता गराउन लागिएको छ । स्कुलको ५३ औं वार्षिकोत्सवको अवसरमा पुरस्कार वितरण गरिने भएको छ । फागुन ११ गते वार्षिकोत्सव गरिन लागिएको हो । 

dharan_aadarsa (4)


dharan_aadarsa (3)


dharan_aadarsa (2)