रुसका वैज्ञानिकहरुले प्रागऐतिहासिक कालका जनावरका भाइरस निकाल्न लागेको तथ्य सार्वजनिक भएको छ । जैविक पद्धतिबाट त्यस्ता पुराना भाइरस निकाल्न लागिएको हो ।

विगत केही वर्ष अघि रुसी वैज्ञानिकहरुले हिउँमा पुरिएको अवस्थामा त्यस्ता अवशेषहरु भेट्टाएका थिए । ती अवशेषहरुमा रहेका भाइरसहरुको अध्ययनमा रुसी वैज्ञानिक लागि परेको ‘द एमोसोभ नर्थ इस्टर्न फेडेरल युनिभर्सिटी’ ले तथ्य सार्वजनिक गरेको छ । 

rusia2

डेलीमेलका अनुसार रुसी वैज्ञानिकहरुले प्रागऐतिहासिक कालका कुकुर, घोडा, मुसा र अन्य जनावरका अवशेषको अनुसन्धान सुरु गर्दैछन् । सबैभन्दा पुरानो जनावरको अवशेष ५० हजार वर्ष पुरानो रहेको बताइएको छ ।

रुसस्थित भेक्टर स्टेट रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीका नेतृत्वमा वैज्ञानिकको समूह यो अध्ययनमा लागि परेका छन् । 

रुसको उत्तरपूर्वमा रहेको शहर यकुत्स्कस्थित फेडरल युनिभर्सिटीको संग्राहलयमा यस्ता कैयौं जनावरको अवशेष संरक्षण गरी राखिएको छ । यकुत्स्क विश्वको सबैभन्दा चिसो शहर हो ।

भेक्टर रिसर्च सेन्टर अफ भाइरोलोजी एण्ड बायोटेक्नोलोजीका वैज्ञानिक डा ओलेस्या ओखलोपकोवाका अनुसार ‘पालाइओ भाइरस’ (हाल अस्तित्वमा नरहेका) को खोज भइरहेको छ । यो खोजका माध्यमबाट रुसमा भाइरसका बारे विशेष अनुसन्धान हुने अपेक्षा गरिएको छ ।

rusia1

वैज्ञानिकले फेला परेका भाइरसलाई ‘जिनोम सिक्वेन्सिङ’ (भाइरसको वायोडाटा निकाल्ने काम) समेत गर्नेछन् ।

वैज्ञानिकहरुले यो कार्यलाई भाइरसको क्षेत्रमा महत्वपूर्ण क्रान्तिकारी र उच्चस्तरीय शोध अध्ययन गर्नुरहेको बताएका छन् । यद्यपि केहीले भने यस्ता अध्ययनलाई खतरनाक मानेका छन् । प्राचीन कालका यस्ता भाइसर मानव समुदायका लागि खतरा बन्न सक्ने मत राख्छन् । 

तस्बिर: The Ammosov North-Eastern Federal University