मोरङको मिक्लाजुङ गाउँपालिकमा कोरोना भाइरस विरुद्धको खोप लगाउन शुरु गरिएको छ । सोमाबार मिक्लाजुङ गाउँपालिकको कार्यालय मधुमल्लाबाट खोप सेवा संचालन गरिएको थियो । 

कोरोना भाइरसविरुद्धको पहिलो खोप मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यलाई लगाएर शुरु गरिएको मिक्लाजुङ गाउँपालिका स्वास्थ्य शाखा संयोजक चिन्तामणी पोख्रेलले जानकारी दिए । 

मिक्लाजुङमा सोमबार जनप्रतिनीधि, कर्मचारी, प्रहरी, हुलाक, बैंक र कृषि तथा पशु सेवामा कार्यरत कर्मचारीलाई खोप लगाइएको स्वास्थ्य शाखा संयोजक चिन्तामणी पोख्रेलले बताए ।  सोमबार मिक्लाजुङ गाउँपालिकमा १० जना महिला सहित ५० जनालाई खोप लगाइएको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्यकर्मी डिल्ली बहादुर भण्डारीले बताए । खोप कार्यक्रम मंगलबार पनि मिक्लाजुङ गाउँपालिकाको कार्यालयबाट संचालन गरिने भण्डारीले बताए ।