विराटनगर। एसवाइ प्यानलले ‘प्रि–फ्याब’ प्रविधिदेखि विभिन्न डिजाइनका आधुनिक घर सस्तोमा बनाउँदै आएको छ । 

कोरियाली कम्पनी रहेको एसवाइ प्यानलले ५५ जिल्लामा डिर्लर विस्तार गरि प्रि–फ्याब प्रविधिदेखि घर बनाउँदै आएको हो । 

अहिले प्रदेश १ को विभिन्न जिल्लाहरूमा एसवाइ प्यानलबाट आवासीय घरसँगै सरकारी सभाहल, पोल्ट्री फार्म, कोल्ड स्टोरहरू, ठूल्ठूला गोदाम पनि बनाउँदै आएको जेनेरल म्यानेजर देवेन्द्र सम्वाङफेले जानकारी दिए । उनका अनुसार एसवाइ प्यानलबाटै थुप्रै घरहरू बनाइसकेको जानकारी दिए ।

यस्ता प्यानलबाट आधुनिक घर निर्माण गर्नुको मुख्य उद्देश्य भूकम्प प्रतिरोधी, सरल र कम लागतमा छिटो निर्माण सम्पन्न हुनु हो । ७२ करोड लगानीमा  चितवनको रत्ननगर नगरपालिकामा उद्योग रहेको एसवाइ प्यानलले विगत तीन वर्षदेखि विभिन्न डिजाइनका आधुनिक घर बनाउँदै आएको छ । 

‘प्रि–फ्याब घरमा लगाइने पर्खाल, छानादेखि घरमा प्रयोग हुने अरू सबै सामान कारखानामै बनेर आएको हुन्छ । त्यसलाई आफ्नो आवश्यकता अनुसार फिटिङ मात्रै गर्ने हो,’ उनले जानकारी दिए । ‘प्रि–फ्याबका पनि विभिन्न प्रकार हुन्छन् । यो प्रकार प्यानलभित्र के राखेर बनाइएको छ भन्नेमा भर पर्छ । कंक्रिट बेस, सिमेन्ट ब्रोड बेस, पफ बेस र स्यान्डविच बेस प्यानल केही नमूना हुन् । ठाउँ र आफ्नो रोजाइ अनुसार यी प्यानल रोज्न सकिन्छ,’ उनले भने । 

एसवाइ कम्पनीले भने विशेषगरी पफ र स्यान्डविच बेस प्यानल प्रयोग गरिरहेको छ । प्रि–फ्याक प्रविधिबाट  घरमा काठको झ्याल भने प्रयोग गरिँदैन । आलुमिनियम वा युपिभिसी झ्याल प्रयोग हुने गरेको छ । फोल्डिङ सिस्टम भएकाले खोलेर अर्को ठाउँमा सहजै फेरि फिटिङ गरेर राख्न सकिने उनले बताए ।

प्रि–फ्याब घरका रङ विभिन्न प्रकारका रहेका छन् । कोरियन प्रविधिको एसवाइ प्यानल प्रयोग गरेर घर बनाउन जग भने परम्परागत तरिकाले नै उठाइे गरिएको छ । पक्की घरका लागि जग बनाउँदा १० लाख खर्च हुन्छ भने प्रि–फ्याबमा १ देखि डेढ लाखमै काम सकिने कम्पनीको भनाई छ । 

यस्ता घर बनाउँदा प्रति वर्गफिटका आधारमा खर्च लाग्छ । १ हजारदेखि १ हजार ५ सय रूपैयाँ प्रति वर्गफिट लाग्छ भने छत बनाउन १६ देखि १८ सय रूपैयाँमा हुने गरेको छ । कसैलाई चार कोठाको एक तले घर बनाउन प¥यो भने करिब १५ देखि १६ लाख खर्च हुने बताइएको छ । 

एसवाइ प्यानलका घर परम्परागत शैलीका घरको तुलनामा ६०÷७० प्रतिशत सस्तो हुने म्यानेजर  सम्वाङफेले बताए । गर्मीमा बाहिरको भित्ता तात्यो भने पनि भित्रको भित्ता तात्दैन । किनभने त्यसको भित्री भागमा बाहिरको तापक्रम भित्र जान नदिने विशेष किसिमको फम राखिएको हुने बताइएको छ । प्रि–फ्याब घर ४० देखि ५० वर्षसम्म टिकाउ हुने एसवाइ प्यानलको दाबी छ ।