‘सहारा सूर्योदय स्पिच कन्टेस्ट’ सिजन २ को उपाधी विर्तामोडको देवी माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्यनरत छात्रा रोश्नी कार्कीले जितेकी छिन् । सूर्योदय टेलिभिजनले आयोजनामा भएको सहारा सूर्योदय स्पिच कन्टेस्ट सिजन २ को शुक्रवार भएको फाइनलमा अन्तिम ५ जना प्रतिस्पर्धीलाई पछि पार्दै कार्कीले उपाधीका हात पारेकी हुन् ।

यस्तै कञ्चनजंघा स्कुल विर्तामोडमा कक्षा १२ मा अध्यनरत छात्रा प्रिसा खरेल फस्ट रनर अप र देवी माध्यमिक विद्यालय कक्षा ११ मा अध्यनरत छात्रा कृति खतिवडा सेकेण्ड रनर अप भएका छन् । सान्त्वना तर्फको उपाधी रेड स्टार वोर्डीङ्ग स्कुल पथरी शनिस्चरे मोरङ्गमा कक्षा १०मा अध्यनरत सुप्रिया खड्का र ज्ञान सरोवर शिक्षा निकेतन स्कुल भद्रपुर,झापामा कक्षा ९मा अध्यनरत रिना घिमिरेले जितेका छन् ।

विजेताहरुले क्रमश ३० हजार, १५ हजार, १० हजार र ५,५ हजार रुपैयाँ सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि सहारा नेपाल सकोसका कार्यकारी निर्देशक महेन्द्र गिरी र सूर्योदय टेलिभिजनका अध्यक्ष मनोज उप्रेतीले पुरुस्कार प्रदान गरेका थिए । स्पीच कन्टेस्टमा प्रदेश नम्बर १ का झापा, मोरङ, सुनसरी र इलामबाट ५० वटा विद्यालयका गरि १ सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रमको निर्णायकमा त्रिभुवन विश्व विद्यालयका एसोसिएट प्रोफेसर शिरोमणि खतिवडा‘शिरो सान्दाई’,बीबीसी न्युज नेपालीका झापा संवाददाता उमाकान्त खनाल र सूर्योदय टेलिभिजनकी प्रवन्ध निर्देशक विष्णु मैनाली उप्रेती रहेका थिए । कार्यक्रमको सञ्चालन शुभला तामाङले गरेकी थिइन् । कार्यक्रमको मुख्य प्रायोजकको रुपमा सहारा नेपाल साकोस तथा सह–प्रायोजकको रुपमा डोएन टिभी,  मेची स्पेशलिङ्क केवल र इलामको हर्कटेमा रहेको डिभाईन डोअर्स रहेको थियो ।

सिजन २ सकिएसंगै सुर्योदय स्पिच कन्टेस्ट सिजन ३को तयारी थालिएको कार्यक्रम संयोजक देवी गौतमले जानकारी दिए । उनले जेठको पहिलो साता देखि अर्को सिजन सुरु हुने बताएका छन् । यस अघि सूर्योदय स्पिच कन्टेस्ट सिजन १ को उपाधी झापा मेरीगोल्ड स्कुल कनकाईका वेदान्त तिम्सिनाले जितेका थिए ।