ब्लाष्टखबर । विरगञ्जकाे ओरिया खोलामाभारतीय तस्कर र सशस्त्र प्रहरीबीच झडप हुदाँ २ जना प्रहरी घाइते भएका छन्। 

नेपाली भुमीमा प्रवेश गरी बालुवा तस्करी  गरीरहेका भारतीय तस्करलाई रोक्ने क्रममा झडप हुँदा ४ वर्षीय आयुष राय यादव र अन्दाजी २५ वर्षीय नरेश यादव  घाइते भएको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ।

घाइते दुबै जनाकाे नारायणी अस्पतालमा उपचार भइरहेको  उक्त कार्यालयले जनाएकाे छ । 

 पर्सा जिल्लाकाे जगरनाथपुर गाउँपालिका १ पिपडारीमा पर्ने उक्त खाेलामा लामाे समयदेखी भारतीयहरूले नेपाली भुमिमा प्रवेश गरी बालुवा तस्करी गर्दै लैजाने गरेका छन् ।  

सशस्त्र प्रहरी आउट पोष्ट पिडारीगुठी र महादेवपट्टीको संयुक्त टोलीले अवैध रुपमा भइरहेको बालुवा उत्खननलाई रोक्न खोज्दा भारतको गदियानी भंगाहाका स्थानीयहरुले लाठी, भाठा, बेल्चा तथा ढुंगामुढा प्रहार गरेर सशस्त्र प्रहरीलाई आक्रमण गरेका थिए ।

प्रहरीले नियन्त्रणमा लिएकाे भारतीय ट्याक्टर समेत उनिहरूले  लिएर गरएकाे बताइएकाे छ ।